Author: bhetauna

पृथ्वीबाट मानिसको बसाइसराइको तयारीबारे सानो सफलता ! अन्तरिक्ष पर्यटकहरूका लागि खुशीको खबर

स्पेस एक्सले अन्तरिक्षमा यान पठाउनका लागि एक पल्ट प्रयोग गरिसकेको रकेट र क्याप्सुल फेरि प्रयोग गरेर अन्तरिक्ष यातायातको खर्च उल्लेखनीय रूपमा घट्ने संकेत गरेको छ । स्पेस एक्स अमेरिकी निजी व्यापारिक कम्पनी स्पेस एक्स्प्लोरेसन टेक्नोलोजिज कर्पको व्यापारिक नाम हो । यसले अन्तरिक्ष यान तथा अन्तरिक्ष यातायातका लागि सामान बनाउने र सेवा दिने काम गर्छ । अन्तरिक्ष यातायातको खर्च घटाउने र मंगलग्रहमा उपनिवेश बनाउने उद्देश्यले सन् २००२ मा यसको स्थापना भएको थियो । यो मेसोमा कम्पनीले फाल्कोन नामका रकेटहरू र ड्रागन नामका यानहरू विकसित गरेको छ । यी यानहरूले पृथ्वीको वरिपरि घुमिरहेका अन्तरिक्ष यानहरूमा सामान पुर्याउने र फर्काउने काम गरिरहेका...

Read More

एकपक्षीय बालसाहित्यको जोखिम

  (बालसाहित्य सर्जक चिडामान्डा अडिची) — विनय कसजू नाइजियाकी बालसाहित्य सर्जक चिमामान्डा अडिचीले चार वर्षको उमेरदेखि बालपुस्तक पढ्न थालेकी थिइन् । उनले सात वर्षको उमेरदेखि लेख्न पनि थालिन् । नाइजेरिया धेरै वर्षसम्म उपनिवेश बनेपछि मुक्त भएको देश हो । उनी सानो छँदा उनले बेलायती र अमेरिकन बालपुस्तक पढ्ने गर्थिन् । उनी भन्छिन्, “मैले कथा लेख्न थालेपछि मैले त्यस्तै कथा लेखेँ जुन कथा मैले म सानो छँदा पढेकी थिएँ । मेरा कथाका पात्रहरू सबै गोरा र निलो आँखा भएका हुन्थे । तिनीहरू हिउँमा खेल्थे, स्याऊ खान्थे र मौसमको बारेमा कुरा गर्थे । म नाइजेरिया बाहिर गएकी थिइन, तैपनि म यस्ता...

Read More

केटाकेटीका प्यारा सान्ता क्लज

अचेल अमेरिका र युरोपका पसलहरूमा सान्ता क्लजको रातो फुर्केटोपी लाएको हँसिलो अनुहारका मूर्तिहरू र उनका टोपी लाएका मानिसहरू जताजतै देखिन्छन् । केटाकेटीहरू आफूले मागेका कुरा सान्ता क्लजले उपहार दिन्छन् भनेर खुशी भएका छन् । इसाइहरूको महान चाड क्रिस्मसको दिनमा शान्ता क्लज सुटुक्क घरमा आउँछन् र आफ्नो मोजाभित्र उपहारका वस्तु राखेर जान्छन् भनेर केटाकेटीहरू उत्सुकतासाथ पर्खेर बसेका छन् । सान्ता क्लजको बारेमा धेरैजसो बालबालिकामा के विश्वास छ भने उनी उत्तरी ध्रुव प्रदेशमा बस्छन् । हिउँमा चल्ने पाँग्रा नभएको गाडामा बसेर उनी केटाकेटीको घरघरमा पुग्छन् । उनको गाडा ध्रुव प्रदेशमा पाइने बाह्रसिंगे मृगहरूले तान्छन् । गाडाभरि उपहारहरू राखेर उनी रातभरिमा सबैको...

Read More

विश्वप्रसिध्द नीतिकथाकार इसप को थिए ?

इसप युनान (ग्रिस) देशमा जन्मेका थिए । उनको जन्म झण्डै छब्बिस सय वर्षअघि इसापूर्व ६२० मा भएको थियो । त्यस बेला ग्रिसमा दासप्रथा थियो । इसप पनि दास थिए । उनले पालैपालो दुई जना मालिकको घरमा काम गरेका थिए । उनको साहित्यमा रुचि र विद्वत्ता देखेर दोस्रो मालिकले इसपलाई दासबाट मुक्ति दिएका थिए । त्यसबेला ग्रिसमा गणतन्त्र थियो । नागरिकहरू सार्वजनिक विषयमा भाग लिन स्वतन्त्र थिए । इसपले पनि यस्तै सार्वजनिक चासोका सभाहरूको उपयोग गरेर दासको जीवनबाट सम्मानित जीवन पाउन सफल भएका थिए । उनले छिमेकी देशहरू घुमे । उनले त्यसबेलाका दार्शनिकहरू र विद्या र कलाको सम्मान गर्ने व्यक्तिहरूसँग...

Read More
  • 1
  • 2