Author: bhetauna

मामु बुझ्नुहुन्न बालकथा विनय कसजू 

 ‘बाबु, होमवर्क सिध्यायौ ? ’ ‘अघि नै सिध्याइसकेँ मामु !’ ‘त्यसो भए अब किताब पढ । गेम खेलेर नबस ।’ ‘खेलेको छैन मामु । बुवाको इमेल आएको छ कि चेक गर्दैछु ।’ मामु सधैं यस्तै भन्नुहुन्छ । मेरो जवाफ पनि यस्तै हुन्छ । तर आज मामु धेरै रिसाउनुभयो । स्कुलबाट आउने बित्तिकै मामुले मलाई खाजा दिनुहुन्थ्यो । तर, आज दिनु भएन । उहाँ टेलिभिजन हेरिरहनुभएको थियो । खाजा खान मामुले नबोलाएपछि म आफंै भान्छामा गएँ । टेबुलमाथि हेरेँ । टाँडमा पनि हेरेँ । खाजा देखिनँ । अनि भान्छाबाटै चिच्याएँ, ‘खाजा कहाँ छ मामु ? ’ मामुले सुन्नु भएन ।...

Read More

हान्स क्रि एन्डरसन सलाई बेच्ने सानी केटी

धेरै वर्षपहिलेको कुरा हो । साँझ परिसकको थियो । ठिहिर्याउने जाडो थियो । जोडले हिउँ परिरहेको थियो । त्यो चिसो र अँध्यारोमा एउटी गरिब सानी केटी बाटोमा हिँडिरहेकी थिइन् । उनका खुट्टा र कपाल दुबै नाङ्गा थिए । हुन त उनी घरबाट हिँडदा उनका खुट्टामा एक जोडी चप्पल थियो । वास्तवमा त्यो चप्पल उनकी आमाको थियो । तर त्यो चप्पल यति धेरै ठूलो थियो कि उनले बाटो काट्दा दुइटा ठूला गाडीहरू बेतोडले दौडेको हुनाले ती गाडीबाट जोगिन खोज्दा ती चप्पल उनका खुट्टाबाट हराए । एउटा चप्पल भेटिँदै भेटिएन । अर्को चप्पल एउटा केटाले ठूलो भएपछि आफ्नो बच्चालाई डाँडी बनाउन...

Read More

इसपका नीतिकथा केटो र बयर

आमाले घैँटोमा पाकेका बयर राख्नु भएको थियो । केटोले बयर खान खोज्यो । उसले घैँटोभित्र हात घुसार्‍यो । उसले सकेसम्म धेरै बयर मुठ्ठीमा लियो र हात बाहिर झिक्न खोज्यो । तर घैँटोको मुख सानो भएकोले उसले आफ्नो हातको मुठ्ठी बाहिर झिक्नसकेन । उसले मुठ्ठीमा भएको बयर छोड्न चाहन्नथ्यो । तर मुठ्ठी नफुकाइकन हात बाहिर झिक्न पनि सकिन्नथ्यो । यसैले केटो रुन थाल्यो । छोरो रोएको सुनेर आमाले के भयो भनेर हर्न आइन् । घैँटोभित्र हात अडकेको देखेर उनले भनिन्, “मुठ्ठीमा भएको आधा बयर घैँटोभित्रै खन्यायौ भने तिम्रो हात सजिलैसँग बाहिर आइहाल्छ नि । त्यसैले त धेरै लोभ गर्न हुन्न...

Read More

यदि हामीले भविष्य बदल्नु छ भने हामीले केटोकेटीहरुलाई नै लक्षित गर्नु पर्छ । केटाकेटीका लागि असम्भव केही छैन । संदीप माहेश्वरी

असम्भव शब्दले हामी सबैलाई सरकसको हात्तीलाई जस्तै बाँधेर राखेको छ । हात्ती सानो छँदा उसलाई डोरीले बाँधेको हुन्छ । त्यो छावाले डोरी चुँडाल्न निक्कै प्रयास गर्छ । तर सक्तैन । मैले यो डोरी चुँडाल्न सक्तिन भन्ने कुरा उसको दिमागमा जरा गाडेर बस्छ । अनि ठूलो  भएपछि ऊ जत्तिसुकै बलियो भए पनि, धेरै मोटो डोरी चुँडाल्न सक्ने भए पनि उसले आफूलाई बाँधेको डोरी चुँडाल्ने कोसिस नै गर्दैन । यदि कसैले उसलाई ‘तिमीले यस्ता हजारौँ डोरी चुँडाल्न सक्छौ,’ भनेर उसको कानमा सुटुक्क भन्यो भने उसले आफूलाई बाँधेको डोरी चुँडाल्न एक छिन पनि लागाउने छैन । झुटा कुरामा आधारित विश्वासहरु बन्न धेरै...

Read More

अक्षरमै आधा शतक

अक्षरमै आधा शतक विवश वस्ती बिहिवार, जेठ १८, २०७४ ४ चैत ०३६ मा तानसेनबाट विनयकुमार कसजूले काठमाडौंबाट प्रकाशित हुने जल्दोबल्दो ‘समीक्षा’ साप्ताहिकमा एउटा समाचार पठाए । लेखिएको थियो, ‘वर्तमान थापा सरकारले जनमतसंग्रह कत्तिको निष्पक्ष गराउने रहेछ भन्ने कुराको अड्कल लगाउन अब गाह्रो छैन । किनभने, हालै पाल्पा जिल्ला पञ्चायत विघटन गरी कट्टर निर्दलवादीहरूको समिति बनाएर सरकारले आफ्नो नांगो रूप देखाइसकेको छ ।’ कसजूको एउटा बानी नै थियो, कार्बन बिछ्याएर समाचार लेख्थे र सक्कल प्रतिचाहिँ सम्प्रेषण गर्थे ।  करिब ३८ वर्षअघि लेखेका समाचारहरूको कार्बन–प्रति अहिले पनि उनीसँग सुरक्षित नै छन् । आफूले लेखेका समाचारका कार्बन–प्रति मात्र होइन , ०४५ सालमा राजनीतिज्ञ खड्गमान सिंहलाई लेखेका पत्र,...

Read More
  • 1
  • 2