बाल पढाइको मन्त्र

सञ्चारकर्मी विनय कसजूले भर्खरै बालबालिकामा पढ्ने बानीको विकास भन्ने पुस्तिका निकालेका छन् । किताब उनलाई अति चिप्लो ‘आर्ट पेपर’मा छाप्न मन लागेको रहेछ, तर प्रकाशकले आत्तिएर तत्काल अस्वीकार गर्दै भनेछन्, “त्यसो गर्नुभयो भने तपाईंको किताब बिक्दैन ।” राम्रो कागजमा छापेको किताब झ्न् नबिक्ने ! तर, तर्क गर्ने हो भने प्रकाशकको भनाइ बुझन गाह्रो छैन । नेपालमा पढ्ने पाठकको क्रयशक्ति कम भएकाले उनीहरूको खल्ती हेरेर किताबको कागजको वजन (बाक्लोपन) र चिल्लो–खस्रोपन निर्धारण गर्नुपर्ने हुन्छ । त्यसैले सर्वमान्य पाठकलाई ध्यान दिँदा कागज सस्तै राख्नुपर्छ । आजभोलि विकासे संस्थाहरूको सहयोगमा नचाहिँदो गरी ‘आर्ट पेपर’ प्रयोग भएका पुस्तक छ्यापछ्याप्ती छन् बजारमा । त्यस्ता...

Read More