Author: Vinaya Kasajoo

बालसाहित्यमा विनय

गौरव पोखरेल  कसजू सफल लेखक बन्नलाई के गर्नु पर्ला ? भन्ने प्रश्नमा भन्छन्,  “पहिलो कुरा त अध्ययन नै हो । त्यसपछि अव्जर्भेसन,  भाषामा कमाण्ड, नियमित लेखन महत्वपूर्ण हुन्छ ।”  आज भन्दा ५३ वर्ष अघि अर्थात् वि.स. २०१९ साल । नेपाली सञ्चार क्षेत्र वामे सर्दै गरेकै अवस्था । १५ वर्षे बालक तत्कालीन समयमा सञ्चार क्षेत्रमा देखिनु कल्पना बाहिरको कुरा । अधिकांश मानिसहरुको मानसपटलमा पत्रिका भन्ने वित्तिकै ‘गोरखापत्र दैनिक’ उब्जन्थ्यो । ‘रिडीको परिचय’ शीर्षकमा लेख छापियो । तत्कालीन समयमा काठमाडाैँको फर्पिङमा त्रिभुवन अादर्श माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत बालकको लेख छापिएको हो । त्यस बालकको लेखले गोरखापत्रको साप्ताहिक स्तम्भ जहाँ...

Read More

रोबोटले के गर्दैन ? सोच्ने बेला आएको छ

(नानीबाबुसँग विनय कसजुका मनका कुरा) हाम्रो मूल घर रिडीमा हो । हाम्रा बुवाका चार दाजुभाइमध्ये दुईजना रिडीमा र दुर्इ जना पाल्पामा व्यापार गर्नुहुन्थ्यो । रिडीबाट भगवतीको जात्रा हेर्न आमा पाल्पा आएका बेला कृष्णाष्टमीका दिन मेरो जन्म भएको हो । आमा धर्मकर्ममा विशेष चाख राख्नुन्थ्यो । यसको प्रभाव ममा पनि सानैदेखि परेको थियो । उहाँ हिन्दीका पुराना कवि कबीरको दोहा,  हनुमान चालिसा, तुलसीकृत रामायणका श्लोक वाचन गरिरहनुहुन्थ्यो । म दिनहुँ कालीगण्डकीमा नुहाउने, मन्दिर जाने, व्रत बस्ने र धार्मिक किताब पढ्ने गर्थें । रिडीमा जोगीहरूसँग मेरो संगत भयो । त्यस बेला मूक्तिनाथ जाने आउने जोगीहरू रिडीमा बास बस्ने र धार्मिक गतिविधि...

Read More

लेखक नभएको भए व्यापारी हुन्थेँ

(नागरिक दैनिकको जुनकिरी पृष्ठमा प्रकाशित  27 जनवरी 2018) १. तपाईं बाल साहित्य किन लेख्नुहुन्छ ? बालसाहित्य बालबालिकालाई समाज र संसार चिनाउने, उनीहरुलाई असल र योग्य मानिस बनाउने तथा अरुको सुख दुःख बुझ्न सक्ने बनाउने सबैभन्दा प्रभावकारी साधन भएकोले यिनै उद्देश्यलाई पूरा गर्ने प्रयास स्वरुप म बालसाहित्य लेख्छु । २. किताब लेख्नलाई तपाईंको प्रेरणा स्रोत के के हुन सक्छन् ? सानो छँदा आमाबाट सुनेका पौराणिक कथाहरु, पढ्न जानेपछि पढेका र सुनेका रामायण, महाभारत र उपनिषदका कथाहरु, इसपका नीतिकथा, पंचतन्त्रका कथा, कक्षा नौ दसमा रवीन्द्रनाथ टैगोर, टल्सटाय, चेखोबका कथाहरु तथा युवावस्थामा लागेपछि  हान्स क्रिस्चियन एन्डरसन, ओ हेनरी, मोपासाँ, प्रेमचन्द, अर्नेस्ट हेमिंग्वे,...

Read More

त्यो तिब्बती घोडा

(म सानो छँदा) तानसेनमा जन्मे पनि गुल्मीको रिडीमा मेरो बालककाल बित्यो । कालीगण्डकी र रिडी खोलाको सङ्गम हुनाले पनि रिडी निकै सुन्दर थियो । ठूला मान्छे कालीगण्डकीमा र हामी सानाहरू रिडीखोलामा पौडी खेल्थ्यौँ । मानिसहरू खोलाको गहिरो रहमा बम हानेर माछा मार्थे । हामी माछा खोज्थ्यौँ । गुरुले चाहिँ पौडी खेलेको थाहा पाए सजाय दिनुहुन्थ्यो । एकदिन दिउँसो श्यामकुमार दाइ र म पौडी खेलिरहेका थियौँ । मैले डुबुल्की मारेर एउटा माछा समातेँ र बाहिर निस्कँदै “यी माछा…” भनेर चिच्याएँ । मेरो अगाडि त कृष्णचन्द्र गुरु ठिङ्ङ उभिनुभएको रहेछ । गुरु आएको चाल पाएर दाइ भागिसक्नु भएछ । म गुरुको...

Read More

विरालोको घाँटीमा घण्टी

  लुकी मुसा दराजभित्र बसेर टेलिभिजन हेर्दै थियो । बैठक कोठामा सरेदेखि लुकीलाई धेरै कुरामा सजिलो भएको थियो । बैठकमा आएका पाहुनाले खाएर छोडेको वा खसालेको खानेकुराले उसको पेट भरिन्थ्यो भने बिरालोबाट जोगिन पनि सजिलो थियो । बैठक कोठामा राखेको सिसाको खापा भएको किताब राख्ने दराजभित्र उसले आफ्नो न्यानो घर बनाएको थियो । त्यसमाथि थप मज्जा के थियो भने दराजको सामुन्ने टेलिभिजन थियो । दराजभित्र बसेर सिसाभित्रबाट लुकीले टेलिभिजन हेर्नसक्थ्यो । घरमा घरपटी बाबु आमा छोरी र छोरा गरी चार जना थिए । बाबुले टेलिभिजन खोलेर समाचार हेर्थ्यो । कहिलेकाहीँ ज्ञान विज्ञान, प्रविधि र आविष्कारका कुरा पनि हेर्नेगर्थ्यो ।...

Read More
  • 1
  • 2